१७ बैशाख २०८१, सोमबार | April 29, 2024

राष्ट्रिय एकता कायम गर्न मौलिक संस्कृतिको योगदान : प्रदेश प्रमुख परियार



सुर्खेत । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले राष्ट्रिय एकता कायम गर्न मौलिक संस्कृतिको ठूलो योगदान भएको बताएका छन् ।

तामाङ समुदायले नयाँ वर्षका रुपमा मनाउँदै आएको पर्व ‘सोनाम ल्होसार, २०७८’ का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख परियारले विविधतापूर्ण संस्कृति हाम्रा सम्पदा र मौलिक पहिचान भएको बताए । परियारले साँस्कृतिक महत्व र मौलिक पहिचान बोकेको ‘सोनाम ल्होसार, २०७८’ को पावन अवसरमा कर्णालीसहित देश, विदेशमा रहेका सम्पूर्ण तामाङ समुदायका दाजुभाइ दिदीबहिनीहरुमा दीर्घजीवन र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

“सोनाम ल्होसार, २०७८ ले मुलुकको राष्ट्रिय एकता सुदृढ, सांस्कृतिक पहिचान कायम राख्न र सामाजिक सद्भाव अभिवृद्धि गर्न सहयोग पु-याउने विश्वास लिएको छु”, जारी सन्देशमा उनले भनेका छन्, “नेपालीहरुबीच आपसी सद्भाव, माया, बन्धुत्व कायम हुन गई सामाजिक न्यायसहितको समाजवादी देश निर्माणमा लाग्न मुलुकवासी सम्पूर्णलाई यस पर्वले उत्प्रेरणा दिनेछ ।”

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  १२ : ०० बजे

स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या

वालिङ । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ

बझाङमा कांग्रेस उम्मेदवारलाई ८३ मतको अग्रता

बझाङ । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा

तराईमा तातो हावाको लहर अझै बढ्ने

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा