२४ असार २०८३, बुधबार | July 8, 2026

नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दै, स्थानीय चुनावको तयारी मुख्य एजेन्डा



काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्दैछ ।

बैठक भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा दिउसो १ बजे बस्न लागेको हो ।

बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायत विषयमा छलफल हुने कार्यसूची रहेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

सरकार र निर्वाचन आयोगबीच जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटेसँगै एमालेले तयारीका विषयमा छलफल गर्न लागेको हो ।

त्यस्तै कोभिड-१९ का कारण कतिपय जिल्ला अधिवेशन रोकिएका छन् भने प्रदेश अधिवेशन पनि सारिएको छ । यस विषयमा पनि बैठकमा छलफल हुनेछ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ९ : ०७ बजे

ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी

चितवन । पच्चीस जनाको ज्यान लिएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई

लुम्बिनीलाई ‘स्टे–डेस्टिनेसन’ बनाउ

लुम्बिनी । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालको

मुस्ताङबाट २२ हजार केजी फोहर सङ्कलन

मुस्ताङ । जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न राष्ट्रिय प्रकृति संरक्षण

लक्ष्यभन्दा ५.३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भैरहवा राजस्व कार्यालय

भैरहवा । आन्तरिक राजस्व कार्यालय, भैरहवाले आर्थिक वर्ष २०८२/८३ मा