काठमाडौं । सरकारले बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई फर्जी कागजात प्रयोग गरेर नियुक्ति लिएको ठहर गर्दै पदमुक्त गरेको छ । सोमबार राती प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो । ओझाको नियुक्ति सुरुदेखि नै विवादास्पद बनेको थियो । विवाद गहिरिएपछि गत असार ३० गते मन्त्रिपरिषदले छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश…