बुटवल । उपभोक्ता हित संरक्षण मञ्च, रुपन्देहीको आयोजनामा आइतबार बुटवलमा उपभोक्ता सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १२ र १३ का टोल बिकास संस्थालाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले जनताको स्वास्थ्यप्रति बुटवल उपमहानगरपालिका पालिका सधै चिन्तित रहेको बताइन ।…