बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पूल नजिकै यात्रुवाहक बस पल्टिदा कम्तिमा १० जनाको मृत्यु भएको छ । हेटौंडाबाट पथलैया आउँदै गरेको बा।प्र ०६-००१ ख ०११० नम्बरको बस खोलामा झरेको हो । बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले हाल सम्ममा १० जनाको मृत्यु भएको खबर प्रहरीबाट प्राप्त भएको जानकारी दिए ।…