३० असार २०८३, मंगलबार | July 14, 2026

एमालेमा पूर्वउपाध्यक्ष रावलसँग वार्ता गर्न वर्तमान उपाध्यक्ष पौडेल नेतृत्वमा टोली गठन



काठमाडौं । आफ्नै पार्टिका एक नेतासँग वार्ता गर्न अर्का नेताको संयोजकत्वमा वार्ता समिति बनाएर एमालेले राजनीतिमा नयाँ शैलीको सुरुवात गरेको छ । एमाले सचिवालयको बैठकले आफ्नै पार्टीका पूर्वउपाध्यक्ष डा. भीम रावलसँग संवाद गर्न तीन सदस्यीय टोली गठन गरेर नयाँ शैलीको आरम्भ गरेको हो ।

शनिबार बसेको एमालेको सचिवालय बैठकले पार्टी उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा पूर्व उपाध्यक्षसँग वार्ता गर्न टोली गठन गरेको हो । टोलीको सदस्यमा प्रदेश इञ्चार्ज लेखराज भट्ट र कर्ण थापा रहेका छन् । रावलसँग वार्ता गर्न ३ सदस्सीय टोली गठन गरिएको एमालेका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

उनले पार्टीका पूर्व उपाध्यक्ष भीम रावलले पार्टीमै रहेर पनि विधान नमानी बसेकाले संवाद गरेर समस्या समाधान गर्न समिति बनाइएको बताए ।

मिसन ग्रासरुटका क्रममा सुदुर पश्चिम पुगेका उपाध्यक्ष पौडेल सहितका नेताहरु उपस्थित कार्यक्रमलाई रावल समर्थक एमाले कार्यकर्ताहरुले बिथोलेका थिए । पौडेल र रावल दुबैजनाले सुदुरपश्चिम प्रदेश राजधानी धनगढीमा पत्रकार सम्मेलन गरेर पार्टी कमजोर बनाउने काममा लागेको एकले अर्कालाई आरोप लगाएका थिए ।

 

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ५ : १० बजे

उपराष्ट्रपति यादव कतार प्रस्थान

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव आज अपराह्न कतार प्रस्थान गरेका

प्राज्ञिक सुधार र सुशासनमा केन्द्रित हुन प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौं । विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले विश्वविद्यालयलाई दलीय राजनीतिक गतिविधिमुक्त

मिडियामा गाडी पार्किङ घटनामा जोसुकै भएपनि छानबिन र कारबाही हुनुपर्छ : रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारमाध्यमको

प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको

विपद् जोखिम न्यूनीकरण प्रभावकारी बनाउन सभामुखद्वारा सरकारलाई रुलिङ

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले विपद् जोखिम न्यूनीकरणमा प्रभावकारी