१६ बैशाख २०८१, आइतबार | April 28, 2024

एमालेमा पूर्वउपाध्यक्ष रावलसँग वार्ता गर्न वर्तमान उपाध्यक्ष पौडेल नेतृत्वमा टोली गठन



काठमाडौं । आफ्नै पार्टिका एक नेतासँग वार्ता गर्न अर्का नेताको संयोजकत्वमा वार्ता समिति बनाएर एमालेले राजनीतिमा नयाँ शैलीको सुरुवात गरेको छ । एमाले सचिवालयको बैठकले आफ्नै पार्टीका पूर्वउपाध्यक्ष डा. भीम रावलसँग संवाद गर्न तीन सदस्यीय टोली गठन गरेर नयाँ शैलीको आरम्भ गरेको हो ।

शनिबार बसेको एमालेको सचिवालय बैठकले पार्टी उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा पूर्व उपाध्यक्षसँग वार्ता गर्न टोली गठन गरेको हो । टोलीको सदस्यमा प्रदेश इञ्चार्ज लेखराज भट्ट र कर्ण थापा रहेका छन् । रावलसँग वार्ता गर्न ३ सदस्सीय टोली गठन गरिएको एमालेका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

उनले पार्टीका पूर्व उपाध्यक्ष भीम रावलले पार्टीमै रहेर पनि विधान नमानी बसेकाले संवाद गरेर समस्या समाधान गर्न समिति बनाइएको बताए ।

मिसन ग्रासरुटका क्रममा सुदुर पश्चिम पुगेका उपाध्यक्ष पौडेल सहितका नेताहरु उपस्थित कार्यक्रमलाई रावल समर्थक एमाले कार्यकर्ताहरुले बिथोलेका थिए । पौडेल र रावल दुबैजनाले सुदुरपश्चिम प्रदेश राजधानी धनगढीमा पत्रकार सम्मेलन गरेर पार्टी कमजोर बनाउने काममा लागेको एकले अर्कालाई आरोप लगाएका थिए ।

 

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ५ : १० बजे

वेस्ट इन्डिज ए ले टस जित्यो, नेपालले पहिला फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको

यस्तो छ लगानी सम्मेलनको कार्यतालिका

काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा

फाकफोकथुम गाउँपालिकाबाट इलाम-२ को मतगणना सुरु

इलाम । इलाम-२ मा मतगणना सुरु भएको छ । मुख्य