२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम । पहिरोले गएरातिदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । रुकुम (पूर्व) को भूमे गाउँपालिका–३ दोमैमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको हो । सडक माथिबाट ठूलो पहिरो खस्दा उक्त सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार सडकमा पहिरोसँगै ठूलठूला ढुङ्गासमेत झरेका छन्…