६ बैशाख २०८३, आइतबार | April 19, 2026

सिभिल अस्पतालले माग्यो १८ विशेषज्ञ चिकित्सक र ६३ नर्ससहित ११२ जना कर्मचारी



काठमाडौं । काठमाडौं मीनभवनस्थित सिभिल अस्पतालले ६३ जना नर्ससहित ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।

मंगलबार एक सूचना प्रकाशित गर्दै अस्पतालले ६३ जना नर्ससहित ११२ जना कर्मचारी माग गरेको हो ।

शैक्षिक संस्थाका रुपमा विकास गर्ने योजनाका साथ सामान्य प्रशासन मन्त्रालयले अस्पताललाई अगाडि बढाइरहेको बेला सो अस्पतालले आठौं र नवौं तहका १८ जना विशेषज्ञ चिकित्सक माग गरेको छ ।

यसैगरी अस्पतालले ७ औं तहको नर्सिङ सुपरभाइजर १ जना, ६ औं तहका सिष्टर ४ जना, पाँचौ तहका स्टाफ नर्स ५६ जना र चौथो तहको ओपीडी असिस्टेन्ट २ जना गरी ६३ जना नर्सिङ कर्मचारी तथा फार्मेसीतर्फ छैटौ तह १ जना, फार्मेसी सहायक पाँचौ तह ३ जना माग गरेको छ ।

यसैगरी, अस्पतालले ७ औं तहको वरिष्ठ रेडियोग्राफी टेक्नोलोजिष्ट १ जना, ७ औं तहकै ल्याब टेक्नोलोजिष्ट, प्थालोजिष्ट १ जनासहित अन्य विभिन्न पदहरुमा कर्मचारी माग गरेको हो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  १० : २३ बजे

कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता

ललितपुर । नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक

एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने देउवा पक्षको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षधर नेताहरूको भेलाले

मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका छ : गुरुराज घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले मुलुकको आर्थिक समृद्धिका

सुकुम्बासीको उठिबास र विद्यार्थी संगठनमाथि प्रतिबन्ध प्रयासप्रति नेकपाको आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले सरकारले हालै देशका विभिन्न स्थानमा

काठमाडौंमा भेटियो ४ थान पेस्तोल र ५८ राउण्ड गोली

काठमाडौं । काठमाडौंको बिष्णुमती खोलाको किनारमा ठुलो परिमाणको हतियार फेला