३० श्रावण २०८३, शनिबार | August 15, 2026

गण्डक जलविद्युत केन्द्रको पुनर्स्थापना र आधुनिकरण गरिने

काठमाडौं । नेपाल विद्युत प्राधिरणले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुर गाउँपालिका–७ सूर्यपुरास्थिति १५ मेगावाट जडित क्षमताको गण्डक जलविद्युत केन्द्रको पुनर्स्थापना र आधुनिकरण (Rehabilitation and Modernization) गर्ने भएको छ । विद्युतगृहका टर्बाइन, ब्रेकर, गभर्नर जस्ता इलेक्ट्रोमेकानिकल उपकरणहरु पुराना र जीर्ण बनेर चल्न नसके अवस्थामा पुगेपछि प्राधिकरणले पुरानो प्रविधिका उपकरणहरुको स्थानमा नयाँ जडान गरी केन्द्रलाई पुनर्स्थापना र…