२७ असार २०८३, शनिबार | July 11, 2026

कल्भर्ट निर्माण नहुँदा कृषि उपज ढुवानी गर्न सास्ती



कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका-६ स्थित सीमावर्ती गाउँका बासिन्दाले स्थानीय नालामा कल्भर्ट निर्माण पूरा नहुँदा सास्ती खेप्दै आएका छन् । पुरैनी तालको पानी निकास हुने नालामा पाँच वर्षदेखि थालिएको कल्भर्ट निर्माण पूरा हुनसकेको छैन ।

कल्भर्ट निर्माणका लागि पिलर गाडेको धेरै वर्ष बिते पनि निर्माण हुन नसकेको स्थानीय खड्क चन्दले बताए । “भुराकोट, खैरानी, बोर्डर र सत्ताइस नम्बर गाउँका बासिन्दाको जग्गा नालापारि छ”, उनले भने, “कल्भर्ट निर्माण नहुँदा कृषिजन्य वस्तु ल्याउन समस्या झेल्दै आएका छौँ ।” नालामा पानीको बहाव बढी हुने भएकाले कृषिजन्य वस्तु ढुवानीमा समेत अप्ठ्यारो हुने गरेको छ ।

“बर्सातमा रोपाइँ गर्न जानै समस्या छ”, लक्ष्मण खत्रीले भने, “नाला तर्न समस्या छ, जेनतेन धान रोपे पनि वर्षाका कारण पुरैनी तालको पानी खेतमा पसेर काटेको धान बगाएर लैजाने गरेको छ, दुई वर्षदेखि धानबाली भित्र्याउन पाएका छैनौँ ।”

गहुँ र उखुखेतीमात्रै सहजरूपमा लगाउन पाइने उनले बताए । नालापारि १५० बढी परिवारको जग्गा छ । वडा कार्यालयबाट नगरपालिका कार्यालयसम्म कल्भर्ट निर्माण पूरा गरिदिन अनुरोध गर्दै आए पनि सुनवाइ नभएको स्थानीय लोकबहादुर वडुवालले बताए ।

नगर उपप्रमुख जोगराम चौधरीले चालु आर्थिक वर्षभित्रै अधुरो कल्भर्ट निर्माण पूरा हुने बताए । “जगेडा कोषबाट रकम खर्चेर कल्र्भट निर्माण गछौँ”, उनले भने, “स्थानीय किसानले खेतबारी डुबानको समस्या राखेका छन्, त्यसलाई समाधान गर्नका लागि काम अगाडि बढाउँछौँ ।”

चौपाया चोरीको समस्या

सीमावर्ती भुराकोट गाउँका बासिन्दाले चौपाया चोरी हुँदा नोक्सानी व्यहोर्दै आएका छन् । बर्सेनी गोठमा बाँधेर राखेका भैँसी चोरी हुँदा समस्या भएको स्थानीयले बताएका छन् ।

स्थानीय लक्ष्मण खत्रीले भैँसी चोरीसँगै उखु तस्करी समेत हुने गरेको बताए । “पहिला नगरपालिका क्षेत्रमा चिनी मिल नहुँदा उखु भारततर्फ तस्करी हुन्थ्यो”, उनले भने, “अहिले भारतबाट उखु अवैधरूपमा नगरपालिका क्षेत्रमा सञ्चालित मिलमा ल्याउने गरिएको छ ।”

 

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ११ : १९ बजे

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका

पहिरोले सालझण्डी-ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

बागलुङ । पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको

गणेश नेपालीलाई न्याय माग्दै वीर अस्पतालअगाडि प्रदर्शन, सरकारविरुद्ध नाराबाजी

काठमाडौं । आत्मदाहको प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका गणेश

पशुपतिमा साउने सोमबारको तयारीः सफाइ अभियान सुरु

काठमाडौं । साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका

३८ बर्षिया महिलालाई करणी गर्ने २८ बर्षिया युवक पक्राउ

कपिलवस्तु । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्