१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

जीतपुरसिमरा उपमहानगरका तत्कालिन प्रमुख प्रकाशकीय अधिकृतसहित दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारोको जीतपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाई लगायत दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । जीतपुरसिमरा उपमहानगरको १६ नं. वडामा रहेको पसाहा खोलाको खोलाजन्य सामाग्री उत्खनन गर्ने क्रममा उनीहरुले ठूलो रकम हिनामिना गरेको पुष्टी भएको जनाउँदै अख्तियारले उनीहरुविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको…