काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार शेखर कोइरालाले मतदान गरेका छन् । काठमाडौंमा जारी १४औँ महाधिवेशनअन्तर्गत सोमबार भइरहेको निर्वाचनमा राष्ट्रियसभा गृहको मतदान केन्द्रमा पुगेर कोइरालाले मतदान गरेका हुन् । सभापतिका उम्मेदवार एवम् प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले पनि मतदान गरिसकेका छन् । आज बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन तालिका रहे पनि प्राविधिक कारण…