७ आश्विन २०८३, बुधबार | September 23, 2026

नयाँ नेतृत्व चयनका लागि साढे तीन घन्टापछि सुरु भयाे कांग्रेसको मतदान



काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । सोमबार बिहान ८ बजेदेखि मतदानको कार्यतालिका भए पनि साढे तीन घन्टापछि सुरु हुन लागेको हो ।

निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले मतदान सुरु गर्न मतपत्र मतदातालाई बाँड्न थालिएको जनतापाटीलाई जानकारी दिए । मतपत्र छपाइमा ढिलो भएपछि मतदान प्रक्रियामा पनि ढिला भएकाे हाे । साँझ ५ बजेसम्म मतदान गरिसक्ने कार्यतालिका छ ।

काँग्रेसका नेता कूलबहादुर गुरुङ्ले पहिलो मत खसालेका छन् । राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रबाट मतदान सुरु भएको हो ।१३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ ।

कांग्रेस महाधिवेशन प्रतिनिधि सोमबार बिहानैदेखि राष्ट्रिय सभा गृह, महेन्द्र पुलिस क्लब र भृकुटीमण्डपमा आ-आफ्नो प्रदेशका लागि छुट्याइएको बुथमा लामबद्ध भएका थिए । अहिले विभिन्न पदमा उम्मेदवारी दिएका नेताहरू प्रतिनिधिसँग भोट माग्न व्यस्त छन् ।

भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिसभा गृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाइएको छ । एकैपटक धेरैले मतदान गर्ने व्यवस्थाका लागि राष्ट्रिय सभागृह, भृकुटीमण्डप प्राङ्गण र भृकुटीमण्डपको हलमा गरी सयौँ बुथ राखिएको छ । यस महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ रहेको छ ।

प्रधानमन्त्री, गृहमन्त्री, मन्त्रीसहित विशिष्ट व्यक्तिले मतदान गर्ने भएकाले सुरक्षा व्यवस्था पनि प्रभावकारी बनाइएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  १२ : १६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई