११ बैशाख २०८१, मंगलबार | April 23, 2024

सचिवालयले भन्याे- शशांक शेखरकै प्यानलमा, देउवा प्यानलले भ्रम फैलायाे



काठमाडौं । नेपाली कांग्रेसको जारी १४ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदानकाे तयारी भइरहँदा उम्मदेवारहरु अन्तिम कसरतमा छन् । मतदातालाई आफ्नाे पक्षमा पार्न अनेकन तिगडम अपनाइरहेका प्यानल एकअर्काका उम्मेदवारलाई पनि आआफ्नाे प्यानलमा राखेर प्रचार गरिरहेका छन् ।

सभापतिको दौडमा शेरबहादुर देउवा पक्षले पनि केन्द्रीय सदस्यका उम्मेदवार शशांक काेइरालालाई आफ्नाे प्यानलमा राखे मतपत्रको नमुना बाँडिरहेकाे छ ।

तर, शशांककाे निजी सचिवालयले भने यसलाई भ्रम भनेकाे छ ।

शशांकका स्वकीय सचिव भरत तिवारीले शेखर कोइरालाको प्यानललाई नै सहयोग रहने बताए । तिवारीले भने, ‘उहाँ (शशांक)काे नाम दुवै समूहले राखेका छन् । तर समर्थन शेखर कोइरालाको प्यानललाई नै हो ।’

यद्यपि, शशांक यसअघि नै शेखरसँग रुष्ट छन् । इतरबाट सभापतिमा साझा उम्मेदवारकाे पक्षमा रहे पनि शेखर र प्रकाशमान सिंहले नमानेपछि समूह छिन्नभिन्न भएकाे थियाे । शशांक शेखरको मनोनयन दर्ता र उम्मेदवारी घोषणा सभामा सहभागी भएका थिएनन् ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ९ : ३४ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना