काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । नयाँ कमिटीमा नेपाल प्रहरीका दुईजना पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) र एक जना नेपाली सेनाका पूर्व जर्नेल निर्वाचित भएका छन् । पूर्वआईजीपी ध्रुवबहादुर प्रधान कमल थापा प्यानलबाट उपाध्यक्षमा निर्वाचित भएका छन् । त्यसैगरी पूर्वआईजीपी रवीन्द्र प्रताप शाह पुरुष तथा महिला खुल्ला ५७ जनामा…