७ आश्विन २०८३, बुधबार | September 23, 2026

पशु पालनबाट मासिक दुई लाख आम्दानी गदै भवानी सापकोटा



बारा । बाराकाे निजगढ नगरपालिका-५ बागदेवकी भवानी सापकोटाले व्यावसायिक भैँसी पालनबाट मनग्य आम्दानी गर्दै आइरहेकी छन् । वैदेशिक रोजगारीमा जाने प्रवृत्तिका बाबजुद सापकोटाले भैँसी पालनबाट मासिक दुई लाख बढी आम्दानी गर्दै आइरहेकी हुन् ।

सापकोटाले पाँच भैँसीबाट सुरू गरेको बकैया ठाकुर पशु फर्म व्यवसाय अहिले करिब ६५ वटा भैँसी र २२ वटा पाडापाडीले भरिभराउ छ । भैँसीमा पालनमा रमाएकी सापकोटा परिवारले २०७५ सालबाट मात्रै भैँसी पालन सुरु गरेकी थिइन् ।  उनीसँग भैँसी मात्रै होइन, अन्य चौपाया पनि प्रशस्तै छन् । उनले  भैँसी, खसी, कुखुरा पनि पाल्दै आएकी छिन् । अहिले सापकोटा परिवारलाई खसीबोका तथा कुखुरा बिक्रीका लागि बाहिर जानुपर्दैन । कसैलाई चाहिएमा सम्पर्क गरेर फार्ममै पुग्ने गरेको उनी बताउँछिन् । हाल ६० वटा खसी तथा बाख्रा र एक सय ५० भन्दा बढी कुखुरा समेत पालन गरेकी सापकोटा भन्छिन्, ‘निरन्तर सङ्घर्षपछि सफलता मिल्दै जाँदा ‘गरे हुन्छ’ भन्ने सोच थपिएको छ ।’

२०७५ सालमा पहिले पटक मधेश प्रदेशबाट ४ लाख युवा लक्षित कार्यक्रमबाट पाइएको भए पनि त्यसपछि राज्यबाट कुनै सहयोग प्राप्त नभएको सापकोटाको भनाइ छ । परिश्रम गरे हरेक कुरा सम्भव हुने बताउने सापकोटालाई त्यसयता राज्यबाट अनुदान, पशु औषधिजस्ता कुराहरू केही नपाएको गुनासो गर्छिन् ।

‘राज्यले काम गर्नेलाई सहयोग गर्नुपर्थ्याे । तर कामै नगर्नेलाई लाखौँ, करोडौँ रूपैयाँ अनुदानको नाममा सरकारले सहयोग गर्छ ।  हामीजस्ता कृषकलाई सामान्य औषधि पनि दिँदैन,’ उनले भनिन् । राज्यबाट केही सहयोग प्राप्त नगरे पनि गाउँमै लोभलाग्दो व्यापार भएपछि निर्धक्क देखिन्छन् उनी ।  तर वस्तुभाउ पाल्दै आउँदा पनि आफूलाई कुनै निकायबाट सहयोग नमिलेकोमा उनी गुनासो गर्छन्  ।

दुहुना भैँसीबाट दैनिक ३०० लिटर दूध बिक्रीहुदाँ मासिक दुई देखी दुई लाख ५० हजार सम्म आम्दानी हुने उनको भनाई छ । यस बाहेक खसी कुखुराबाट वार्षिक ७ लाख आम्दानी गर्दै आएको उनले बताइन् ।

भैंसीबाट उत्पादित पाडापाडी, पालिएका खसी र कुखुराको विक्रिबाट ब्यवसायको आधा खर्च जोहो हुँदै आएको उनले बताइन् । सापकोटा परिवारको अवाश्यकता यसबाट नै पूरा हुदै आएको छ । पशु पालन व्यवसाय सुरु गरेको करिब ५ वर्ष वितेको छ । अहिले सापकोटा परिवार पशु पालन ब्यवासयबाट सन्तुष्ट देखिन्छन ।

थोरै लगानीबाट सुरु गरिएको पशुपालन ब्यवसायले सुन्तुष्टि हुने र कृषि पेशामा लागेर के नै हुन्छ भनी विदेश पलायन हुने थुप्रैका लागि उनी दरिलो उदाहरण बनेकी छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ४ : ५७ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज