काठमाडौं । पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन पश्चिमतिर फैलदै गएको छ । अहिलेसम्म यस वर्षको मनसुनी प्रणाली चार प्रदेशमा प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, मधेश, बाग्मती र गण्डकी प्रदेशमा मनसुन प्रणाली पुगेको छ । देशका बाँकी भू-भागमा केही दिन पछि मनसुन प्रणाली प्रवेश हुने अनुमान गरिएको छ ।…