४ भदौ २०८३, बिहिबार | August 21, 2026

तोलामा ५०० रूपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौं ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। सुनको मूल्य सोमबार प्रतितोला पाँच सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार १०० रुपैयाँण्मा खरिदबिक्री भएको थियो । सोमबार तेजाबी सुन प्रतितोला १ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार तेजाबी सुन प्रतितोला १ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

गत दुई शुक्रबार र आइतबार सुन प्रतितोला तीन हजार चार सय रुपैयाँले घटेको थियो । सोमबार चाँदीको मूल्य भने स्थिर छ । सोमबार चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ११ : ४२ बजे

बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले अदालतबाट फैसला भई सजाय

उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलद्वारा २१ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठ)

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि संयुक्त प्यानलले

जनता टेलिभिजनका अध्यक्ष पौडेल रिहा

काठमाडौं । जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल रिहा भएका छन्

दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको

जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज

नेपालगन्ज । बहुमूल्य जडीबुटी सङ्कलन, प्रशोधन, भण्डारण र विदेश निर्यातका