काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक सर्वोच्च अदालतका अन्य न्यायाधीशहरुले बहिस्कार गर्ने भएका छन् । प्रधानन्यायाधीशबाहेकका न्यायाधीशहरुको आइतबार बसेको अनौपचारिक बैठकले फुलकोर्ट बैठक बहिस्कार गर्ने घोषणा गरेका हुन् । बैठकमा सहभागी एक न्यायाधीशले आइतबार बसेको १४ न्यायाधीशको बैठकले भोलिको फुलकोर्टमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको बताए । यसअघि जबरालाई भेट्न…