११ बैशाख २०८१, मंगलबार | April 23, 2024

बुटवलमा एम्बुलेन्स र मोटरसाईल ठोक्कियो, २ जनाको मृत्यु



बुटवल । बुटवलको तामनगरमा एम्बुलेन्स र मोटरसाइकल ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ ।

पश्चिमबाट बुटवलतर्फ आइरहेको लु १ झ २८७ नम्बरको एम्बुलेन्स र बुटवलबाट पश्चिमतर्फ गइरहेको लु २४ प ३९८७ नम्बरको मोटरसाइकल बुटवल उपमहानगरपालिका वडा नम्बर १२ तामनगरमा एकआपसमा ठक्कर खाँदा २ जनाको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

गए मध्य राति भएको दुर्घटनामा मोटरसाइकल चालक गुल्मी स्थायी घर भएका तिलोत्तमा नगरपालिका ३ बस्ने २४ वर्षीय अनमोल थापा र मोटरसाइकलको पछाडी बसेका सैनामैना ४ का ३५ वर्षीय निशान क्षेत्रीको मृत्यु भएको हो। दुर्घटनामा गम्भिर घाइते भएका थापा र क्षेत्रीको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रदेश ट्राफिक कार्यालयका प्रवक्ता डीएसपी डिल्ली नारायण पाण्डेले बताए ।

त्यस्तै एम्बुलेन्स चालक गैंडहवा गाउँपालिका ६ का ३६ वर्षीय सुरेन्द्र मुराउ घाइते भएको र उनको प्रादेशिक अस्पतालमा सामान्य उपचार पछि प्रहरी नियन्त्रणमा राखिएको पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  १२ : १७ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना