११ बैशाख २०८१, मंगलबार | April 24, 2024

प्रधानन्यायाधीसले बाेलाएको फुलकोर्ट न्यायाधीसहरुले बहिस्कार गर्ने



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक सर्वोच्च अदालतका अन्य न्यायाधीशहरुले बहिस्कार गर्ने भएका छन् ।

प्रधानन्यायाधीशबाहेकका न्यायाधीशहरुको आइतबार बसेको अनौपचारिक बैठकले फुलकोर्ट बैठक बहिस्कार गर्ने घोषणा गरेका हुन् । बैठकमा सहभागी एक न्यायाधीशले आइतबार बसेको १४ न्यायाधीशको बैठकले भोलिको फुलकोर्टमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको बताए ।

यसअघि जबरालाई भेट्न गएको नेपाल बार एसोसिएसनको पदाधिकारीसँग भोलि फुलकोर्ट बोलाउने र त्यसमा बारका प्रतिनिधि पनि सहभागी गराई छलफल गर्ने प्रस्ताव राखेका थिए । बारसँगको बैठक लगत्तै सर्वोच्चका १४ न्यायाधीसहरुको बैठक बसेको थियो ।

मन्त्रिपरिषद्‌मा भाग मागेको र विकृतिविहीन न्यायालय सम्बन्धी अध्ययन समितिको प्रतिवेदन कार्यान्वयन नगरेको जस्ता विषयमा प्रधानन्यायाधीश जबरा विवादित बनेछन् ।

प्रधानन्यायाधीस राणाले बारसँगको छलफलमा आफूले गल्ती गरेको ठाउँमा माफी माग्न तयार रहेको बताएका थिए । तर उनलाई सर्वोच्चकै न्यायाधीशहरुले नसघाउने संकेत गरेका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ५ : २९ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना