काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुबै सदनबाट पारित भएर गएका दुई विधेयकको प्रमाणीकरण गरेकी छन् । बुधबार राष्ट्रपति भण्डारीले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणीकरण गरेकी हुन् । संसदको दुबै सदनको बैठकबाट पारित भइ प्रमाणीकरणका लागि पेश हुन पुगेका दुबै विधेयक संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिबाट प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले…