विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईसहित उनका परिवारजन कोरोना सङ्क्रमित भएका छन् । मुख्यमन्त्री राईसहित उनकी श्रीमती शोभा पाठक र राजनीतिक सल्लाहकार जीवन राई कोरोना सङ्क्रमित भएका हुन् । मुख्यमन्त्रीका सचिवालयका १६ जनामा सोमवार पीसीआर परीक्षण गरिएको थियो भने सो क्रममा तीन जनामा कोरोना संक्रमण देखिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी…