काठमाडौं । ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको लिङ्गो शुक्रबार राति १०:३६ बजेको साइतमा ढालिएको (इन्द्रध्वजपातन) छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी शुरु भएको इन्द्रजात्रा उपत्यकाको लामो जात्रा हो । शुक्रबार राति इन्द्रध्वजपातन गरेसँगै आठ दिन लामो इन्द्रजात्रा समापन भएको हनुमानढोका हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए। यसअघि शुक्रबारै…