६ पुस २०८२, आइतबार | December 21, 2025

पाँचकिलोमा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन । नारायणगढ-मुग्लिन सडकमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-६ पाँचकिलोमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो । बिहान करिब ७:५० बजे पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पानी परिरहेको र पहिरो झर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउने काम शुरु हुनसकेको छैन ।…