महोत्तरी । महोत्तरीको औरही नगरपालिकाको कार्यालय भवन निर्माणका लागि नेपाली कांग्रेस जिल्ला सभापति महेन्द्रकुमार रायले एक करोड बराबरको जग्गादान गरेका छन् । औरही-८ टिम्कियाबाट श्रीपुर जाने सडकमा पर्ने जग्गा उनले मङ्गलबार नै नगर कार्यपालिकाका नाममा रजिष्ट्रेशनपास गरेको नगरप्रमुख सुनिलकुमार यादवले जानकारी दिए। उनले १४ कठ्ठा जग्गादान गरेका हुन् । 'हामी कार्यालय भवन निर्माणका लागि जग्गाको…