मुस्ताङ । कालीगण्डकी करिडोर दैनिक ६ घण्टा बन्द हुने भएको छ । करिडोरअन्तर्गत बेनी-जोमसोम खण्ड रहेको मुस्ताङको थासाङ गाउँपालिकामा सडक चक्लाबन्दी गर्न लागिएकाले दैनिक ६ घण्टा बन्द गर्ने निर्णय भएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले बताए । जिल्ला सुरक्षा समितिको निर्णयले आगामी फागुन १ देखि १५ गतेसम्म दैनिक बन्द गर्ने निर्णय गरेको हो…