काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आजबाट बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुँदै छ । अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संसदमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजबाट सैद्धान्तिक छलफल सुरु हुन लागेको हो । प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि…