काठमाडौं । प्रेस चौतारी नेपालले २४ औं स्थापना दिवसका अवसरमा विभिन्न व्यक्तिलाई पुरस्कार दिने घाेषणा गरेको छ । १२ र १३ पुसमा ०७८ मा लुम्बिनीमा सम्पन्न संगठनको केन्द्रीय समितिद्वारा पूर्ववरिष्ठ उपाध्यक्ष श्रीधर आचार्यको संयोजकत्वमा गठित पाँच सदस्यीय पुरस्कार सिफारिस समितिको सिफारिसअनुसार उनीहरूलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो । प्रेस चौतारी नेपाल ०५५ सालमा स्थापना भएको…