चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । गएराति सेती दोभानमा पहिरो आएका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अबरुद्ध भएको डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी शिव खनालले बताए । अबरुद्ध सडक खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए । नारायणगढ-मुग्लिन सडकखण्ड बिगत ३ हप्तामा पटक-पटक अवरुद्ध हुँदै आएको छ ।