१९ बैशाख २०८१, बुधबार | May 2, 2024

एमाले कार्यदल ब्युँतिएपछिको तेस्रो बैठक सकारात्मक, बिहिबार पनि बैठक जारी रहने



काठमाडौं । लगातार २ दिन सम्म बिना निष्कर्श टुँङ्गिएको नेकपा एमालेको विवाद मिलाउ गठित कार्यदलको बैठक आज भने सकारात्मक छलफल भएको भन्दै भोली सम्मका लागि स्थगित भएको छ । एमाले भित्र देखिएको विवाद समाधानका लागि कार्यदलको बैठक सकारात्मक ढंगले अघि बढेको बैठकमा सहभागी एक नेताले बताए ।

पार्टी भित्र देखिएको विवाद समाधानका लागि दोस्रो तहका नेताहरु लगातार तीदिन देखि सिंहदरबारमा छलफलमा जुटेका छन् । यद्देपी ती नेताहरुले कार्यदल निश्क्रिय हुँदा पनि होटल समिटमा अनौपचारी बैठकलाई जारी राखेको थिए ।

मंगलबार बसेको कार्यदल बैठकले पार्टी एकीकरणको सन्देश दिन प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधव नेपालको संयुक्त बक्तब्यको मस्यौदा तयार पार्ने सहमती गरेको थियो ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ०७५ जेठ २ अघिको अवस्थामा पार्टीलाई फर्काउनुपर्ने बताउँदै आएका छन् भने ओली पक्षले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेपाल समूहका २३ सांसदले गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने बताउँदै आएको थियो । निश्क्रिय रहेको कार्यदल ब्युँतिएसँगै ओली पक्षको अडान निष्क्रिय बनेको छ भने नेपाल पक्षको अडान अझै कायम रहेको छ ।

 

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ३ : ११ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी