१२ मंसिर २०८३, शनिबार | November 28, 2026

ओझेलमा पर्दैछ दाङका गन्धर्वको पेशा

“कहाँ गयौ गीत गाउने गाइने दाइ, दुःख पीडा वेदनामा चाहिने दाइ, हुनेखानेका छोराछोरी बोर्डिङ स्कुल पढ्ने, गरिबका छोराछोरी भोकभोकै मर्ने ।” दाङ । आइतबार तुलसीपुर उपमहानगरपालिका-४ को गन्धर्व बस्तीमा रिपोर्टिङका लागि पुगेका बेला यही गीत गुनगुनाउँदै थिए ६० वर्षीय टेकबहादुर गन्धर्व । करिब १५ वर्षअघिसम्म गाउँगाउँमा पुगेर आफूले गाउने गरेको यो गीत सारङ्गीको मीठो स्वरमा…