काठमाडौं । काभ्रेको बनेपा नगरपालिका-२ को घिमिरे गाउँमा विस्फोटक पदार्थ विस्फोट हुँदा घाइते भएकाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक हरि खतिवडाले २४ वर्षीय मोहन विक घाइते भएको बताए । उनको मुख र हातमा गहिरो चोट लागेको छ । घाइते विकको ललितपुरस्थित बी एन्ड बी हस्पिटलमा उपचार…