काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अब नेपालमा सामाजिक सञ्जाल बन्द नहुने स्पष्ट पारेका छन् । बुधबार सिंहदरबारमा डिजिटल सञ्चारमाध्यमसँग आबद्ध विभिन्न संघ-संस्थासँगको छलफलमा मन्त्री खरेलले सामाजिक सञ्जाल अहिलेको नयाँ मूलधारको सञ्चारमाध्यम भएकाले त्यसलाई बन्द नगर्ने बताएका हुन् । उनका अनुसार, सामाजिक सञ्जाललाई नियन्त्रण होइन, व्यवस्थित र जिम्मेवार बनाउने दिशामा सरकारले ध्यान केन्द्रित…