काठमाडौं । राप्रपा निवर्तमान अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पार्टीले पाको र क्षमताशील नेतृत्व पाएको बताएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजेन्द्र लिङ्देनसहित क्षमताशील र पाको नेता पार्टीले पाएको बताएका हुन् । अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देन निरन्तर पार्टीमा क्रियाशील नेता रहेको…