९ पुस २०८२, बुधबार | December 24, 2025

बन्दाबन्दीमा यात्रु ओसार्ने चालकविरुद्ध मुद्दा दर्ता

डोटी । बन्दाबन्दीको समयमा यात्रु बोक्ने दुई चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ । कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि जिल्लामा गरिएको बन्दाबन्दीको अवज्ञा गरी यात्रु बोकेको भन्दै यहाँस्थित प्रहरीले दुईवटा जीप तथा चालकलाई नियन्त्रणमा लिई कानूनी कारवाहीका लागि प्रक्रिया अगाडि बढाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार…