१८ भदौ २०८३, बिहिबार | September 3, 2026

माओ‌वादी केन्द्र अध्यक्ष प्रचण्ड पोखरा जाँदै, गण्डकी प्रदेशसभा स्थगित



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकर्ता प्रशिक्षणका लागि आज आइतबार पोखरा जाँदैछन् ।

प्रचण्ड पोखरा पुग्ने भएपछि गण्डकी प्रदेशसभा स्थगित गरिएको छ । उनी आउने कार्यक्रमले सांसदहरू व्यस्त हुने भन्दै आइतबार १ बजेको संसद् बैठक भोलिपल्टलाई सारिएको हो ।

कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर संसद् बैठक स्थगित गर्ने निर्णय गरेको हो । ‘प्रचण्डको कार्यक्रम पोखरामा रहेछ । उहाँहरूसहित उच्च नेताहरू आउने भएपछि यहाँका सांसदहरू त्यतै व्यस्त हुनुहुन्छ,’ कानुन मन्त्री विन्दुकुमार थापाले भने, ‘सहमतिमै १ दिनका लागि बैठक स्थगित गर्ने निर्णय भयो ।’

सोमबारको बैठकमा विशेष र शून्य समयको कार्यसूची राखिएको छ भने बालबालिकाको अधिकार सम्बन्धी विधेयक छलफल गरेर पास हुनेछ । यसबाहेक २ वटा विधेयक संसद्मा टेबुल हुने थापाले बताए । माओवादीले सभागृहमा प्रदेशस्तरीय राजनीतिक वैचारिक प्रशिक्षण आयोजना गरेको छ ।

सोही कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड सहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ, देवेन्द्र पौडेल, दिनानाथ शर्मा लगायत नेताहरू जाँदैछन् ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ७ : २४ बजे

भोटेकोशी बाढी : डिएनए परीक्षणबाट पहिचानको आशमा आफन्त

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका

रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना

काठमाडौं । भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा आज

भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० सम्पर्कमा, १६२ जना अझै सम्पर्कविहीन

जनकपुरधाम । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका

डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले

म्याग्दी । बेनी नगरपालिका-५ डडुवाकी मनकुमार भण्डारीले यो याममा रु

सम्पर्कविहीन परिवार : न चुल्हो बल्छ, न आँखा ओभाउँछन्

महोत्तरी । बर्दिबास-३ गौरीडाँडाकी सरिता बिष्टका हातमा मोबाइल छुटेको छैन