काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुनानकले समाजमा शान्ति, सद्भाव, सहिष्णुता र लोककल्याणका लागि सबै धर्मका बीचमा सद्भाव कायम राख्न गरेको मार्गदर्शनको परिपालना गर्नसकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने बताएकी छन् । सिख धर्मावलम्बीको विशेष पर्व गुरुनानक जयन्तीका अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले…