२४ आश्विन २०८३, शनिबार | October 11, 2026

हिमपहिरोमा परेर १५ चौरीको मृत्यु



मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिकास्थित मानापाथी हिमालबाट खसेको हिमपहिरोमा परेर आज १५ वटा चौरी मरेका छन् ।

छिप्लुङ खर्कमा खसेको हिमपहिरोमा थासाङ गाउँपालिका-२ कोवाङकी सुशीला गौचन र नरप्रसाद गौचनको संयुक्त गोठमा रहेका १५ वटा चौरी मरेका हुन् । शनिबार बिहानको हिमपहिरोमा परेर थप १० वटा चौरी हराएका कृषक गौचनले बताए ।

‘चौरी बास बसेको खर्कमा बिहान ३ बजे हिउँपहिरो खसेको थियो,’ उनले भने, ‘हिउँले पुरिएर चौरी मरेका हुन् ।’ चौरी खर्कमा राखेर गोठाला कोवाङ झरेका थिए। बिहान गोठाला जाँदा चौरी मरेका भेटिएपछि खबर गरेका थिए । प्रहरी, कृषक र पशु सेवा प्राविधिकको टोलीले क्षतिको विवरण सङ्कलनका लागि घटनास्थलतर्फ गएका छन् ।

हिउँदमा जाडो छल्न बेशी झरेका चौरी गोठ गर्मी बढेपछि लेकतर्फ उकालिएको थियो। मानापाथी हिमालको फेदीमा रहेको छिप्लिङ, हेपिम, हुम्लुङ, पड्के, ह्याङ्लिङ, सरेका खर्कमा हिमपहिरो खस्ने गर्छ ।

गत कात्तिक २९ गते पनि मानापाथी हिमालबाट हिमपहिरो खसेको थियो । मुस्लोसहित हिउँ पहिरो खसेपछि भाग्ने क्रममा कोवाङका अमरसिंह माविका नौ शिक्षक विद्यार्थी घाइते भएका थिए । नाउरीकोटका सकेन्द्र गौचन र भीम थकालीका २१ वटा याक र नाक मरेका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ७ : ४४ बजे

नेपाली मौलिक स्वाद प्रवर्द्धन गर्न तेस्रो पक्कु फेस्टिभल हुँदै

काठमाडौं । नेपाली मौलिक खानाका परिकार, रैथाने स्वाद र आतिथ्य

चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले चाडपर्व लक्षित

रामलीला मञ्चनको तयारी पूरा, आइताबार रातीबाट औपचारीक मञ्चन सुरु हुने

नेपालगन्ज । नेपालगन्जमा रामलीला महामहोत्सवको १५९औँ शृङ्खला आइतबारदेखि सञ्चालन हुने

कांग्रेस १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीको मतगणना सुरु

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको शुक्रबार सम्पन्न मतदानअन्तर्गत उपसभापति

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ ।बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै रु १० करोडको क्षति