२५ बैशाख २०८१, मंगलबार | May 8, 2024

लुम्बिनी प्रदेशमा ७२ प्रतिशत महिला अधिकार हनन्



बुटवल । लुम्बिनी प्रदेशमा देशमै सबै भन्दा बढी मानव अधिकार हनन भएको एक तथ्याँकले देखाएका छ । इन्सेकले प्रकाशित गर्ने मानव अधिकार वर्ष पुस्तक २०२२ का अनुसार देशमा कुल ६ हजार २ सय ८५ मानव अधिकार उल्लंघनका घटनाहरु पिडितहरुले दर्ता गरेकामा लुम्बिनी प्रदेशमा मात्र १ हजार ७ सय ८६ मानव अधिकार हनन्का घटनाहरु दर्ता भएका छन ।

अपहरण, गिरफतारी, कुटपिट, बाल अधिकार, हिरासतमा मृत्यु, अमानविय ब्यवहार, घाईते, हत्या, जातीय विभेद, अभिब्यक्ति, भेला तथा संगठित हुने अधिकार, धम्की, यातना, महिला अधिकार, कारागारमा मृत्यु र बेपत्ता जस्ता घटनाहरु दर्ता भएकामध्ये लुम्बिनी प्रदेशमा मात्र १ हजार ७ सय ८६ घटनाहरु दर्ता भएको वर्ष पुस्तकामा उल्लेख गरिएको छ । मुलुकभरकै मानव अधिकार हनन्का घटनामा अनुपातका हिसावले लुम्बिनी प्रदेशले मात्र २९ प्रतिशत ओगटेको छ ।

यसैगरि प्रदेशमा दर्ता भएका कुल घटनामध्ये ७२ प्रतिशत महिला अधिकार हनन्का घटना दर्ता भएका छन । ईन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगंजको आयोजनामा शनिबार बुटवलमा लुम्बिनी प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा हिसाका घटना ठुलो संख्यामा दर्ता हुनु निक्कै गम्भिर भएको जनाइएको छ । कार्यक्रममा बोल्दै ईन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले मानव अधिकार उलंघनका हिसाबले लुम्बिनी प्रदेश अगाडी रहेको भन्दै रिपोर्टको संख्या बढ्नु भनेको आम नागरिकमा सचेतना बढ्नु पनि रहेको दाबी गरे । लुम्बिनी प्रदेशमा महिला अधिकार हनन् पछि बाल अधिकार हनन्को घटना दोस्रो स्थानमा रहेको उनले बताए । उनले प्रदेशका अधिकाश कारागारको अवस्था निक्कै दयनिय रहेको पनि बताए ।

लुम्बिनी प्रदेश मुख्य न्यायाधिबक्ता श्रीकृष्ण सुवेदीले ईन्सेकको २९ वर्षदेखि निरन्तर प्रकाशित हुने मानव अधिकार वर्ष पुस्तक एउटा महत्वपुर्ण पुस्तक भएको दाबी गरे । अधिकारको सवाल आवाज उठाउने समूह जहाँ पुग्दा पनि एउटै हुनु स्वाभाविक भएको भन्दै यसलाई चिर्दै लैजानुपर्ने बताए । प्रदेश सरकारलाई घचघचाउने काम पुस्तकको तथ्याकले गरेको दाबी गर्दै कानुनी सल्लाहकारका हैसियतले यसतर्फ काम अघि बढाउने उनले प्रतिवद्घता जनाए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ५ : ५२ बजे

नबिल डिवेन्चर २०८९ निष्काशनको बिक्री प्रबन्धकमा एसविआई मर्चेण्ट बैकङ्ग नियुक्त

काठमाडौं । नबिल बैंकले “८% नबिल डिवेन्चर २०८९” नामक ऋणपत्र

माछापुच्छ्रे बैंक बन्यो कर्पोरेट सुपर सिक्सेस सिजन–७ को च्याम्पियन

काठमाडौं । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को

पेमेन्ट गेटवे प्रकरण : तत्कालीन प्रबन्ध निर्देशक पौडेललाई नौ वर्ष कैद र २३ करोडभन्दा बढी जरिवाना

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील

नेकपा एकीकृत समाजवादीले सरकार नछाडने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार