नेपालगन्ज । बाँकेमा रातभरीमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाका दुई ठूला भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा गरी ९ जना कोरोना संक्रमितको मृत्यु भएको हो । बर्दिया स्थित गुलरिया नगरपालिकाका ४७ वर्षीय महिलाको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारको क्रमको उनको आज बिहान ८ बजे मृत्यु भएको हो…