काठमाडौं । हिन्दु धर्मावलम्बीको पवित्र पर्व महाशिवरात्री-२०७८ आज मंगलबार धुमधामका साथ मनाइँदैछ । उपत्यकाको पशुपतिनाथ मन्दिरसहित देशभरका शिव मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणमा वर्णित छ। फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण…