जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका-६ रावतबाडा गाउँ एक साताका लागि सिल गरिएको छ । कोरोना सङ्क्रमणले गाउँ नै प्रभावित भएपछि एक साता सिल गरिएको हो । गाउँपालिकास्तरीय कोभिड-१९ नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले यही जेठ १९ गतेदेखि जेठ २८ गतेसम्म सो गाउँ एक साताको लागि सिल गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए ।…