डोटी । जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट स्थापना गर्न ८० लाख प्रदान गरिएको छ । दोस्रो चरणको कोरोना भाइरसका बिरामीलाई अक्सिजन नहुँदा समस्या उत्पन्न भएपछि सुदूरपश्चिम प्रदेश सरकारले जिल्लामै अक्सिजन उत्पादन गर्नका लागि उक्त रकम प्रदान गरेको हो । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले उक्त रकम जिल्ला अस्पतालमा पठाइएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।…