१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

भैरहवाका विद्युत बक्यौता नतिर्ने २५१ ग्राहक कालोसूचीमा, ८२ करोड असुल गर्न बाँकी

भैरहवा । नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रले २५१ ग्राहकको नामावली कालोसूचीमा राखेको छ । पटकपटक ताकेता गर्दासमेत बक्यौता नतिरेको भन्दै उनीहरूलाई कालोसूचीमा राखेको हो । भैरहवा वितरण केन्द्रअन्तर्गत भैरहवा र लुम्बिनी क्षेत्र पर्छ । चालू वर्षमा मात्रै एक हजार नौ सय १२ ग्राहक थपिएसँगै ग्राहक संख्या बढेर ७९ हजार चार सय ४६ पुगेका छ…