१० श्रावण २०८१, बिहिबार | July 26, 2024

राप्रपाले बोलायो पदाधिकारी बैठक



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पछिल्लो समय देखा परेको विवाद समाधानका लागि आज पदाधिकारी बैठक बस्दै छ ।

काठमाडौंको धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा दिउँसो बस्ने बैठकमा पार्टीभित्र विकास हुँदै गएको गुट तथा उपगुटको कसरी अन्त्य गर्ने, पार्टीलाई सम्भावित विभाजनबाट कसरी जोगाएर आगामी निर्वाचनमा सफलता कायम गर्ने भन्ने विषयमा छलफल गरिने नेता सुन्दर पाण्डेले जानकारी दिए ।

समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा हुने बैठकमा देशभर सङ्गठनका राजनीतिक तथा सामाजिक गतिविधि सञ्चालनसम्बन्धी आवश्यक कार्ययोजनामा समेत छलफल हुनेछ । पार्टीमा अध्यक्षसहित निर्वाचित सात तथा मनोनीत २४ गरी ३१ पदाधिकारी छन् ।

गत मङ्सिरमा एकता महाधिवेशनबाट राजेन्द्र लिङ्देनको नेतृत्वमा निर्वाचित नयाँ कार्य समितिले पूर्वाग्रही भएर पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनीत गरेको, निर्वाचनमा भएको बाह्य हस्तक्षेपको छानविन गर्न समिति गठन नगरेकोलगायत विषयलाई लिएर असन्तुष्टि व्यक्त गर्दै पूर्वअध्यक्ष कमल थापाले मङ्गलबार पार्टी परित्याग गरेका थिए ।

नयाँ राजनीतिक दल स्थापना गर्न गृहकार्य गरेका थापा समूहका केही नेताले सो दल परित्याग गर्ने क्रम जारी छ । त्यस विषयमा पनि पदाधिकारी बैठकमा छलफल हुने पाण्डेले बताए ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  ८ : ०७ बजे

सिमलताल घटनाको खोजीमा देखिएन प्रगति, संयुक्त टोलीबाट खोजी जारी

काठमाडौ+ . चितवनको नारायणगढ–मुग्लिङ सडकखण्डस्थित सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा

पेरिस ओलम्पिक भिलेजमा खाना नपाएको खेलाडीको गुनासो

काठमाडौँ । पेरिस ओलम्पिक भिलेजमा खाना नपाएको गुनासो गरेका छन्

मन्त्रिपरिषद्को पहिलो निर्णय कार्यान्वयनमा प्रधानमन्त्रीको चासो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान कार्यकालको मन्त्रिपरिषद्को बैठकको

Lumbini escapes being listed as heritage at risk

Kathmandu: The proposal to enlist Lumbini, the birthplace of Gautam

बाढीपहिरो लगायतका विपदमा परी आजसम्म एक सय ३४ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका