अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-७ भुजुङ्गेका पहिरो प्रभावित ३९ दलित परिवारमा आय वृद्धि गर्न बाख्रा वितरण गरिएको छ । ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत दलित समुदायको जीवनस्तरमा सुधार ल्याउन प्रतिघर तीन वटा बाख्रा वितरण गरिएको नगरपालिकाले जनाएको छ । एक समारोहबीच प्रदेश सांसद रामजीप्रसाद घिमिरे र नगर प्रमुख कमलप्रसाद भुसालले बाख्रा हस्तान्तरण गर्नुभएको हो ।…