काठमाडौं । श्रम संस्कृति पार्टीका संसदीइ दलका नेता हर्क साम्पाले सरकारलाई संसद्प्रति जवाफदेही बनाउन आवश्यक परे आफूहरू निलम्बन हुनसमेत तयार रहेको बताएका छन्। बुधबार संघीय संसद् भवन, सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारलाई जनताका सवालमा उत्तरदायी बनाउन आफ्नो पार्टीको विरोध कार्यक्रम आगामी दिनमा पनि निरन्तर रहने स्पष्ट पारे। साम्पाङले सभामुखले सरकारलाई प्रश्न गर्न नदिने गरी…