९ भदौ २०८३, मंगलबार | August 25, 2026

सरकारलाई जवाफदेही बनाउन निलम्बन हुन पनि तयार छौँ : हर्क साम्पाङ



काठमाडौं । श्रम संस्कृति पार्टीका संसदीइ दलका नेता हर्क साम्पाले सरकारलाई संसद्प्रति जवाफदेही बनाउन आवश्यक परे आफूहरू निलम्बन हुनसमेत तयार रहेको बताएका छन्।

बुधबार संघीय संसद् भवन, सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारलाई जनताका सवालमा उत्तरदायी बनाउन आफ्नो पार्टीको विरोध कार्यक्रम आगामी दिनमा पनि निरन्तर रहने स्पष्ट पारे।

साम्पाङले सभामुखले सरकारलाई प्रश्न गर्न नदिने गरी रुलिङ गरेको आरोप लगाउँदै त्यसको विरोधस्वरूप आफूहरू उभिएको बताए। संसद्को गरिमा, सार्वभौमिकता तथा विधि–विधानको रक्षा गर्नुपर्ने भएकाले निलम्बनको जोखिम मोल्न तयार रहेको उनको भनाइ थियो।

उनले सुकुम्बासी समस्या, लिपुलेक विवाद, वैदेशिक ऋणलगायतका विषयमा सरकारसँग पटक–पटक प्रश्न उठाउँदा पनि सन्तोषजनक जवाफ नआएको बताए। सरकार जनताका ज्वलन्त मुद्दामा मौन बसेको भन्दै त्यसको अन्तिम मूल्यांकन जनताले नै गर्ने उनले उल्लेख गरे।

प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार  ४ : ४३ बजे

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त

बागमतीका मुख्यमन्त्री थापामगरले पाए विश्वासको मत

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)मा

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ, मन्त्रिपरिषद्ले पायो पूर्णता

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तीन