काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार रातिदेखि नै वर्षा भइरहेको छ । सोमबार बिहान पनि वर्षा थामिएको छैन । लगातार ६ घन्टाको वर्षाले बागमती र यसका सहायक नदीमा जलसतह बढेको छ । बागमती नदी खोकनास्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता पार गरेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । वर्षा जारी रहेकाले थप सतर्कता अपनाउन महाशाखाले अनुरोध…